आफ्नोबारेमा

 आफ्नोबारेमा


नाम : प्रकाश थापा मगर

नागरिकताको नाम : टेकबहादुर श्रीस

पिता : गुप्तबहादुर श्रीस

माता : कृष्णकुमारी श्रीस


जन्म मिति : २०३१ फागुन १५ (फेब्रुअरी २७, १९७५)

जन्म स्थान : पुर्तिघाट–९, खोत्रोक, गुल्मी

स्थायी ठेगाना : साविक पुर्तिघाट-७, फुर्सेखानी (हाल कालीगण्डकी गाउंपालिका–४, पुर्तिघाट फुर्सेखानी), गुल्मी

अस्थायी ठेगाना : बुढानिलकण्ठ-१०, कपन-ज्योतिनगर, काठमाडौं

विवाह : २०६० चैत्र २१ (April 3, 2004), नयां दिल्ली, भारत

श्रीमती : चन्द्रा श्रीस

छोरा : सङ्गीन श्रीस र आलोक श्रीस


रुचि : दार्शनिक, वैचारिक÷सैद्धान्तिक साहित्य, अर्थशास्त्र, विज्ञान, भाषा, साहित्य, कला, संस्कृति ।

लेखनका विधाहरू : वैचारिक/राजनैतिक लेख, निबन्ध, कथा, समालोचना, कविता, गजल आदि ।

भाषा : नेपाली, हिन्दी, अङ्ग्रेजी ।

फोन सम्पर्क : ०९७७–९८४९३८८६३२

इमेल : p.thapa@outlook.com, tekshrish@gmail.com

ब्लग : p-thapa.blogspot.com, ptm-lit.blogspot.com

राजनीतिक/साहित्यिक यात्रा :
  1. १९९४ जुलाई १७ देखि तत्कालीन अखिल भारत नेपाली एकता समाज (हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) को अलीगढ नगर समितिको सदस्यको रूपमा साङ्गठनिक यात्रा सुरु ।
  2. १९९७ मा एकता समाजको मध्य–भारत क्षेत्रीय समितिको सचिव ।
  3. १९९९ मा तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा, मध्य–भारत क्षेत्रीय समितिको अध्यक्ष । सोही वर्ष सेप्टेम्बरमा सम्पन्न अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको तृतीय अखिल भारत सम्मेलनद्वारा केन्द्रीय वैकल्पिक सदस्य तथा अन्तसम्म केन्द्रीय सदस्य । अखिल नेपाल जनजाति सम्मेलन, भारत शाखा समितिको सल्लाहकार, पछिसम्म केन्द्रीय सदस्य । 
  4. १९९९ देखि पेशेवर कार्यकर्ताको रूपमा क्रियाशील ।
  5. २००० देखि अखिल भारत नेपाली एकता समाजको मासिक बुलेटिन नेपाली एकता, मूल प्रवाह मासिकको सम्पादन कार्यका साथै विश्व नेपाली साप्ताहिकको व्यवस्थापक, जनजाति लहरको सम्पादक मण्डलको सदस्य । 
  6. २००८ को अखिल भारत नेपाली एकता समाजको छैटौं अखिल भारत सम्मेलनद्वारा निर्वाचित केन्द्रीय सचिव । 
  7. वि.स. २०६८ सालदेखि स्वदेश फिर्ता । त्यसपछि हांक साप्ताहिक सहसम्पादक हुँदै हाल युगदर्शन साप्ताहिकको कार्यकारी सम्पादक र रातो लालटिन (साहित्यिक त्रैमासिक) को सहसम्पादक ।
  8. प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समितिको सहसचिव, अध्यक्ष हुँदै हाल केन्द्रीय सचिव 
  9. अखिल नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य ।
  10. प्रगतिशील पत्रकार सङ्घ नेपालको केन्द्रीय सदस्य र काठमाडौं जिल्ला संयोजक ।
सम्पादन
  1. भारतमा एकता समाज (संस्मरण)-२०७५

प्रकाशित कृतिहरू : 
  1. देशविहीनहरु (कथा सङ्ग्रह), २०७० ।
  2. सहकारी सम्बन्धी सर्वहारा समझदारी, २०७२ ।
  3. देश–विदेशका विभिन्न पत्रपत्रिकामा सयौं फुटकर लेख/रचनाहरु प्रकाशित ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें